Comments Add Comment

राष्ट्रपतिको एक महिनाको तलव बाढीपीडितलाई

५ भदौ, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले एक महिनाको तलव बराबरको रकम मधेसका बाढीपीडितका लागि उपलब्ध गराउने भएकी छन् ।

अविरल वर्षाका कारण मुलुकका अधिकांश क्षेत्रमा आएको बाढीका र पहिरोका कारण ठूलो क्षति भएकाले ती क्षेत्रहरुमा राहत, उद्धार र पुनःस्थापनाका लागि राष्ट्रपतिको एक महिनाको तलव प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै राष्ट्रपतिका बिज्ञहरुको सात दिन बराबरको तलव, स्वकिय सचिवसमेत सचिवहरुको पाँच दिनको, सहसचिवको ३, उपसचिव र शाखा अधिकृतको २ तथा सहायक स्तरका सबै कर्मचारीको एक दिनको तलव बराबरको रकम प्रधानमन्त्री कोषमा जम्मा हुने गरी छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment