Comments Add Comment

समूह उपबिजेता हुँदै नेपाल यू-१५ साफको सेमिफाइनलमा

७ भदौ, काठमाडौं । घरेलु टोली नेपाल साफ यू-१५ च्याम्पियनसिपको समूह उपबिजेताको रुपमा सेमीफाइनलमा पुगेको छ ।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार सम्पन्न समूह बी अन्तर्गत आफ्नो दोस्रो तथा अन्तिम खेलमा नेपालले भारतसँग २-१ को पराजय ब्यहोरेपछि समूह उपबिजेतामा सीमित भएको हो ।

पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ६-० ले हराएको थियो । फाइनल प्रवेशका लागि नेपालले समूह ए को बिजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

बुधबारको खेलमा नेपाल २७ मिनेटमै पछि परेको थियो । भारतका बिक्रम प्रताप सिंहले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर ४०औं मिनेटमा नेपालले पेनाल्टी पायो । भारतीय डिफेण्डरले डिबक्सभित्र फल गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टी दिएको थियो । तर रोशन रानामगरले प्रहार गरेको पेनाल्टी भारतीय किपरले रोकेपछि आएको रिबाउण्ड बललाई उनैले सदुपयोग गरी खेल बराबरी गरेका थिए ।

६५औं मिनेटमा भारतले पुनः अग्रता लियो । उसका लागि रवि रानामगरले गोल गरेका थिए । त्यसपछि कुनै गोल हुन सकेन र भारतले २-१ ले खेल जित्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment