Comments Add Comment

विद्युत् प्राधिकरणमा १ सय ५ इञ्जिनियरको सरुवा (सूचीसहित)


८ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले फेरि १ सय ५ जना इञ्जिनियरहरुको सरुवा गरेको छ । गत मंगलबार मात्रै विभिन्न वितरण केन्द्रका प्रमुखसहित मुख्य पदमा कार्यरत कर्मचारीको सरुवा गरेको प्राधिकरणले पुन इञ्जिनियरहरुको सरुवा गरेको छ ।

सुशासनका लागि भन्दै प्राधिकरणले बुधबार १ सय ५ जना इन्जिनियहरुको सरुवा गरेको छ । बढी चुहावट हुने केन्ऽमा सक्षम मानिएका इञ्जिनियर पठाइएको छ । त्यहाँ कार्यरत इञ्जिनियरहरुलाई भने अन्यत्र खटाइएको छ ।

गत मंगलबार पनि धेरैवटा वितरण केन्ऽ प्रमुखसहित १०५ जना कर्मचारीको सरुवा गरिएको थियो । गतवर्ष पनि प्राधिकरणले एकैपटक २५ सय कर्मचारीको पनि सरुवा गरेको थियो ।

प्राधिकरणले सरुवा भएका कर्मचारीलाई सात दिनभित्रै तोकिएका कार्यालयमा हाजिर गर्न निर्देशन दिएको छ । प्रदेश नम्बर २, प्रदेश तथा प्रतिनिधि सभाको चुनाव समेत नजिकिँदै गरेकाले समयमै सरुवा गरिएको प्राधिकरणले जनाएको छ ।

सरूवा भएका इञ्जिनियरको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment