Comments Add Comment

गुल्मीमा साना करदाताबाट १ करोड राजस्व संकलन

११ भदौ, गुल्मी । गुल्मीमा साना करदाताबाट १ करोड भन्दा बढी राजस्व संकलन भएको छ । जिल्लामा गुल्मी उद्योग वाणिज्य संघको संयोजनमा राजस्व संकलन गरिरहेको हो ।

जिल्लामा एक महिना अघिदेखि भइरहेको संकलनमा १ हजार १ सय साना ब्यवसायीहरुले बुझाएको राजस्वबाट १ करोड भन्दा बढी राजस्व संकलन भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका कार्यलय प्रमुख तोमलाल पन्थीले जानकारी दिए ।

जिल्लामा उद्योग वाणिज्य संघ गुल्मी संग १ हजार ९०० ब्यवसायीहरु आबद्ध रहेका छन् । साना ब्यवसायीले जिल्लामा भदौ १५ गतेसम्म राजस्व बुझाउन सक्ने छन् ।

साना करदाताले गाउँपालिकामा ब्यवसाय सञ्चालन गर्नेहरुले १ हजार ५०० र नगरपालिका भित्र सञ्चालन गर्नेहरुले २ हजार ५०० राजस्व बुझाउँदै आएका छन् ।

जिल्ला सदरमुकाम तम्घास वाणिज्य संघले ब्यवसायीहरुलाई शाखा रहेका स्थानहरु बलेटक्सार, रिडी,वामीटकसारका शाखाहरुमा पनि संकलन गरिरकेको छ ।

वाणिज्य संघले अन्य दुई स्थानका शाखा शान्तिपुर र मजुवामा पनि छिट्टै ब्यवस्था मिलाउने तयारी गरेको छ ।

जिल्ला सदरमुकाम बाहेक शाखामै ब्यवस्था मिलाउदा करदातालाई जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता हटेको छ । साना ब्यवसायीले एक वर्षसम्म गरेको आम्दानी वापतको राजस्व बुझाउनु पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment