Comments Add Comment

भेरीको पुल निर्माण सुस्त, जोखिमपूर्ण डुङ्गा चढेर वारपार गर्छन् स्थानीय

१२ भदौ, सुर्खेत । जिल्ला सदरमुकाम तातापानीका स्थानीयहरु सुदरमुकाम पुग्न वर्षायाममा पनि डुङ्गाको जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका छन् ।

भेरी नदीमा पूल नहुँदा तातापानी क्षेत्रका वासिन्दालाई जोखिमपूर्ण डुङ्गाको यात्रा गर्नु पर्ने वाध्यता भएको हो ।

यहाँका नागरिकहरुलाई आफ्नो दैनिक आवश्यक सामग्री जुटाउन भेरी नदी वारपार गर्नै पर्ने वाध्यता छ ।

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १० र ११ का नागरिकहरू भेरी नदीमा नहुँदा ज्यान जोखिम राखेर डुङ्गाको यात्रा गरिरहेका छन् ।

साविकको तातापानी गाविसका नार्सी, जामु, गल्फाका स्थानीयहरु वर्षौंदेखि सदरमुकाम वीरेन्द्रनगर आउन र घर फर्किनका लागि डुङ्गाको यात्रा गरिरहेका छन् ।

नदी तर्ने अन्य विकल्प नहुँदा दैनिक उपभोग्य वस्तु ढुवानी तथा अन्य कामका लागि सदरमुकाम आवतजावत गर्न ज्यान जोखिममा पारेर यात्रा गर्नु परेको स्थानीयको गुनासो छ ।

भेरी पारिको बस्ती तातापानीमा जोड्ने एक मात्र झोलुंगे पुल ०७१ सालको बाढीले बगाएको थियो । त्यसपछि यस क्षेत्रका वासिन्दाको एक मात्र विकल्प डुङ्गा बनेको छ ।

पुल बन्दै छ, तर कहिले ?

भेरी नदीमा पुल निर्माणको काम भइरहेको छ । तर निर्माणको काम सुस्त भएको स्थानीयले गुनासो गरेका छन् ।

पञ्चपुरी नगरपालिकाको बावियाचौर र तातापानी जोड्न भेरी नदीमा पुल निर्माण कार्य जारी रहेपनि अझै डेढ वर्ष लाग्ने निर्माणकर्ताको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment