Comments Add Comment

दार्चुला अस्पतालमा चार वर्षदेखि टेलिमेडिसिन सेवा अवरुद्ध

मेसिन बिग्रिएपछि एक्स-रेका लागि पनि भारत जानुपर्ने बाध्यता

१२ भदाै, दार्चुला । जिल्ला अस्पताल दार्चुलामा ४ वर्षदेखि टेलिमेडिसिन सेवा अवरुद्ध हुँदा दुर्गम क्षेत्रका बिरामी बिशेषज्ञ सेवाबाट बञ्चित भएका छन् ।

२०७० सालमा आएको महाकाली बाढीले क्षतिग्रस्त जिल्ला अस्पताल दार्चुलाको टेलिमेडिसिन सेवामा क्षति पुर्‍याएको थियो । काठमाडौंको पाटन अस्पतालका विशेषज्ञ डाक्टरहरुसँग इन्टरनेटमार्फत भिडियो सम्पर्क गरी उपचार गर्ने प्रविधि टेलिमेडिसिन सेवा ४ वर्ष बितिसक्दा पनि पुनः सुरु हुन सकेको छैन ।

मेसिनका अधिकांश पार्टहरु खिया लागेर काम नलाग्ने भइसकेको र नयाँ पार्टपुर्जाहरु बदल्नुपर्ने भएको अस्पतालले जनाएको छ ।

प्रदेश नम्बर ७ को विकट जिल्ला दार्चुलामा सञ्चालित टेलिमेडिसिन जस्तो प्रभावकारी स्वास्थ्य सेवा अबरुद्ध भएको ४ वर्ष बितीसक्दा समेत पुनः सञ्चालन गर्न नसक्दा दार्चुलाका बिरामी मर्कामा परेका छन् ।

त्यतिमात्रै होइन, जिल्ला अस्पताल दार्चुलाको एकमात्र एक्स-रे मेसिन पनि १ महिनादेखि बिगि्रएर थन्किएको छ । हाइ भोल्डेजका कारण मेसिनको ट्रान्सर्फमर बिग्रेकाले एक्स-रे सेवा अबरुद्ध भएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा. रविरञ्जन शाहले जानकारी दिए ।

जिल्ला अस्पतालमा एक्स-रे सेवा नहुँदा सामान्य एक्स-रे सेवाका लागि भारत जानुपरेको सेवाग्राहीले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment