Comments Add Comment

नायक राजेश हमालले बाँडे सर्लाहीका बाढी पीडितलाई राहत (तस्वीरसहित)

१२ भदाै, सर्लाही । काठमाडौँ । नायक राजेश हमालले सर्लाही पुगेर बाढी र डुवान पीडितलाई राहात वितरण गरेका छन् । उनले सर्लाहीका सकरौल, सिवनगर, बिनगर्राका बाढी पीडितलाई राहात वितरण गरेका हुन् ।

सर्लाहीको सकरौल, सिवनगर, बिनगर्राका पीडितले राहात नपाएको भन्ने समाचार सञ्चार माध्यममा प्रकाशित भएपछि उनी आफै राहात बोकेर काठमाडौँबाट सर्लाही पुगेका हुन् ।

हमालले करिव १५० घर परिवारलाई राहात वितरण गरेका हुन् । उनले प्रतिपरिवार २० किलो चामल, ५ किलो दाल, १ लिटर तेल, चाउचाउ र वृद्धवृद्धालाई ओढ्ने वितरण गरेका छन् ।

हमालले पीडितलाई सामाजिक सुरक्षा वापतको भत्ताका लागि समेत पहल गर्ने आश्वासन दिएका थिए ।

राहत वितरण गर्नु भन्दा अगाडि नायक हमालले पीडित परिवारको घरघरमा गएर गुनासो सुन्ने र घरमा भएको क्षतिको निरीक्षण समेत गरेका थिए ।

सर्लाहीका बाढी र डुवान पीडित राहात पाउँदा निकै खुसी देखिएका थिए ।

नायक हमालसँगै सामाजिक अभियन्ता नविन यादव र सहयोगी राम ठाकुर राहत सामग्री बोकेर सर्लाही पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment