Comments Add Comment

फोरम लोकतान्त्रिकले मधेसकेन्द्रित दलसँग चुनावी तालमेल गर्ने

दुई नम्बर प्रदेशको कमिटी गठन

१३ भदौ, वीरगञ्ज । प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले मधेसकेन्द्रित दलसितको तालमेललाई प्राथमिकता दिने भएको छ ।

नेपाल लोकतान्त्रिक फोरमका महामन्त्री भारतेन्दुकुमार मल्लिकले अनलाइनखबरसँग कुरा गर्दै स्थानीय तह र जिल्लाको माग तथा चाहना अनुसार तालमेल गरिने बताए । उनले कुनै पनि दल बैरी नभएको बताए ।

उम्मेदवार सिफारिस गर्न केन्द्रीय पदाधिकारीको नेतृत्वमा ५ सदस्य टोली आठै जिल्लामा पठाइएको र सिराहा र सप्तरीको ८० प्रतिशत उम्मेदवारको टुंगो लागिसकेको महामन्त्री मल्लिकले बताए ।

धनुषाको जनकपुर उपमहानगरपालिकाको मेयर उम्मेदवार इन्जिनियर अमरेन्द्र झालाई बनाउने पार्टीले निर्णय गरिसकेको उनले बताए ।

मधेसकेन्द्रित दलसित तालमेलको कुरा अघि बढेको र अन्य दलका नेताहरु पनि तालमेलका लागि सम्पर्कमा रहेको मल्लिकले बताए ।

राजपा र संघीय समाजवादी फोरमबाट टिकट नपाउनेहरु लोकतान्त्रिकसँग टिकट माग्न आइरहेको समेत उनले खुलासा गरे ।

यसैबीच, फोरम लोकतान्त्रिकले धनुषाका उमाशंकर अरगरियाको अध्यक्षतामा प्रदेश नं २ को समिति गठन गरेको छ । उपाध्यक्षमा बाराकी कलाबती देवी र सचिवमा सिरहाका अरुणकुमार सदालाई मनोनित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment