Comments Add Comment

दुई नम्बर प्रदेशमा कांग्रेसले एक सय बढी सिट जित्छः शशांक


१३ भदौ, चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश नम्वर २ मा आफूहरु पहिलो बन्ने दावी गरिरहेका बेला कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पनि प्रदेश नम्वर २ मा एक सय सिट जितेर पहिलो बन्ने बताएका छन् ।

कांग्रेस चितवनले सोमबार भरतपुरमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै नेता कोइरालाले मधेसी जनताको साथमा कांग्रेस रहेकोले एक सय बढी सिट जित्ने दावी गरे ।

उनले भने, ‘प्रदेश नं. २ मा १३६ सिटमध्ये एक सय बढी सिट हामीले जित्छौं, हामी ढुक्क छौं ।’

महामन्त्री कोइरालाले प्रदेश नम्वर २ मा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठवन्धन नगर्ने संकेत गरे । ‘मधेस नै कांग्रेसको जन्मथलो हो, तुलनात्मक रुपमा प्रदेश नम्वर २ मा कांग्रेस अरुभन्दा बलियो छ,’ कोइरालाले भने, कांग्रेसले अन्यत्रभन्दा राम्रो नतिजा प्रदेश नम्वर २ मा निकाल्छ ।’

नेता कोइरालाले नेपाली कांग्रेसका भरतपुर महानगरपालिकामा निर्वाचत जनप्रतिधिलाई बधाई दिँदै विकास निर्माणमा लाग्न निर्देशन समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment