Comments Add Comment

गाउँमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

१५ भदौ, रुकुम । रुकुमको मुसिकोट नगरपालिकाले गाउँमै पुगेर जेष्ठ नागरिको स्वास्थ्य परीक्षण गर्ने अभियान सुरु गरेको छ ।

स्वाथ्यकर्मीसहित गाउँमै पुगेर नगरपालिकाले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिरहेको छ ।

सोमबारदेखि सुरु भएको अभियानमामा अहिलेसम्म ५२ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।

अभियानकै क्रममा पहिलो दिन साबिकको चौखावाङ गाविसको ५ नम्बर वडा हिलबाट सुरु गरिएको शिविर वडा नम्बर ४ होलमा जारी रहेको नगरपालिकाका प्रेस संयोजक धनकुमार शाहीले जानकारी दिए ।

पहिलो दिन सोमबार ५२ जना जेष्ठ नागरिकले स्वास्थ्य परीक्षण गराएका थिए भने दोस्रो दिन मंगलबार सार्बजनिक बिदा भएकोले तेस्रो दिन बुधबार ४१ जना जेष्ठ नागरिकले स्वास्थ्य परीक्षण गराएका थिए ।

यही भदौ १ गते बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार सोमबारबाट स्वास्थ्य परीक्षण शिविर सुरु गरिएको हो ।

घरजग्गाको तिरो उठाउन पनि गाउँमै

त्यसैगरी घरमै पुगेर घरजग्गाको तिरो उठाउने कामलाई पनि नगरपालिकाले सँगै जोडेको छ ।

वडा नम्बर ९ ले गाउँमै गएर जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गर्ने र घर जग्गाको तिरो उठाउने कार्यलाई तीब्र बनाएको छ ।

अभियानको दुई दिनमा ७६ घरधुरीले घर जग्गाको तिरो तिरेका छन् भने त्यसबाट २९ हजार बराबरको राजस्व उठेको छ ।

यो अभियान भदौ १७ गतेसम्म सञ्चालन गरिने वडा अध्यक्ष नविन ओलीले वताए ।

अभियानमा सर्बसाधारणको उत्साहपुर्ण सहभागिता रहेको संयोजक शाही जनाए ।

स्वास्थ्य परीक्षण र तिरो उठाउने समूहमा वडा सदस्यहरु ज्ञानबहादुर ओली र महिला सदस्य नौमा घर्तीको साथमा एलजीसीडीपीका सामाजिक परिचालक खडक केसी, स्वास्थ्य चौकी होलतराका इन्चार्ज डिल्लीराज बोहरा, अहेव हस्तराम ओली रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment