Comments Add Comment

उपचार खर्च नहुँदा अलपत्र परेकी महिलालाई विएण्डसीले दियो ९८ हजार

१७ भदौ, झापा । उपचार खर्च तिर्न नसक्दा २१ दिनसम्म अस्पतालको शैयामा बिताएकी झापा अर्जुनधारा–९ की सम्झना सुनुवारको उपचार खर्च विएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले प्रदान गरेका छन् ।

बिर्तामोडको मनमोहन सामुदायिक अस्पतालमा पाठेघरको शल्यक्रियापछि रकम तिर्न नसक्दा उनी घर जान पाएकी थिइनन् । यसबारे समाचार सार्वजनिक भएपछि उनले सहयोग गरेका हुन् ।

उनले शुक्रबार सम्झनाका पति पोस्टबहादुरलाई उपचार खर्च र औषधि वापतको ९८ हजार ५ सय २७ रुपैयाँ दिएका छन् ।

‘समाचार पढेपछि निकै दुःख लाग्यो । अनि, उनलाई मैले उद्दार गर्नु पर्छ भन्ने लाग्यो’, प्रसाईंले सुनाए, ‘त्यसपछि सहयोग गरेको हुँ ।’

उपचार खर्च पाएपछि पोस्टरबहादुरले खुसी व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment