Comments Add Comment

पूर्वप्रधानमन्त्री डा. केआइसिंहका छोरा एमालेमा प्रवेश

१८ भदौ,काठमाडौं । पूर्व प्रधानमन्त्री तथा सिंहदरवार कब्जा काण्डका कमाण्डर डा.केआइसिंहका छोरा पूर्व सांसद यज्ञजीत शाह एमाले प्रवेश गरेका छन् ।

२०५६ सालमा रुपन्देही ५ बाट सद्भावना पार्टीको सांसद निर्वाचित भएका शाह एक कार्यक्रमबीच एमाले प्रवेश गरेका हुन् ।

सोही समारोहमा एकल महिलाको अधिकारका लागि स्थापित मानवअधिकार लागि लागि महिला सन्जालकी संस्थापक अध्यक्ष लिली थापा पनि एमाले प्रवेश गरेकी छन् ।

उनीहरु दुबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

मधेशवादी पार्टीले मधेश मुद्दालाई व्यक्तिगत स्वार्थमा प्रयोग गरेकाले आफू एमाले प्रवेश गरेका पूर्व सांसद शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment