Comments Add Comment

जहाँ कुकरलाई मान्छेको लुगा लगाएर डोलीमा राखी परिक्रमा गराइन्छ

नेपालमा हरेक वर्ष तिहारमा कुकुरको पुजा गरिन्छ । तर, हाम्रोभन्दा भव्य तरिकाले चीनको एउटा गाउँमा कुकुरलाई सम्मान गर्ने प्रचलन रहेको छ

चीनको गुइझोउ प्रान्तस्थित जिआओबाङ गाउँमा मिआयो जातका मानिसहरुले ‘कुकुर बोक्ने उत्सव’ गत सप्ताहान्तमा मनाए । यस उत्सवका क्रममा सयौंं स्थानीयवासी जम्मा भएर एउटा कुकुरलाई मानिसको जस्तै लुगा, टोपी र नेकलेस लगाएर डोलीमा राखेर घुमाइएको थियो ।

पछि- पछि एक जना झाँक्री ढ्याङ्ग्रो ठोक्दै हिँडेका थिए । अन्त्यमा भगवानलाई पुजेजसरी कुकुरलाई पुजा गरियो ।

यो पर्व मनाउन थालिएको एक शताब्दीभन्दा बढि भइसकेको छ । किंवदन्तीअनुसार यो गाउँमा सुरुमा आउने मानिसहरु पिउने पानी नपाएर तड्पिएका थिए र एउटा कुकुरले उनीहरुलाई पोखरीसम्म लगेर बचाएको थियो ।

सोही कुकुरको सम्मानमा यो चाड मनाउन थालिएको हो । बुढापाकाहरु मान्छन् कि त्यो कुकुरलाई भगवानले आफ्नो दूतका रुपमा पठाउनुभएको थियो ।

उत्सवमा बोकेर घुमाउने कुकुर के आधारमा छनोट गरिएको थियो भन्ने चाहिँ प्रष्ट छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment