Comments Add Comment

चिलिमेका दुई कम्पनीको साधारण सेयरआउँदै, सञ्चयकर्ता प्राथमिकतामा

 

२२ भदौ, काठमाडौं। चिलिमे जलविद्युत् कम्पनी मातहत रहेका दुई महत्वपूर्ण जलविद्युत् आयोजनाले साधारण सेयरनिष्कासन गर्ने भएको छ ।

चिलिमे जलविद्युत् कम्पनी मातहतका रसुवागढी जलविद्युत् आयोजना र साञ्जेन जलविद्युत् आयोजनाले साधारण सेयरजारी गर्न लागेका हुन् ।

रसुवागढी जलविद्युत् आयोजनाले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र लगानीकर्ता निकायका कर्मचारीलाई पहिलो चरणमा एक करोड ६४ लाख २१ हजार ४० कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको हो । साधारण सेयरजारी गरेर रु एक अर्ब ६४ करोड २१ लाख चार हजार बराबर रकम जोहो गर्ने आयोजनाको तयारी छ ।

नेपाल–चीन सीमा नजिक कूल १११ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको क्रममा रहेको छ । आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत, नेपाली नागरिकको १५ प्रतिशत, स्थानीय प्रभावितको १० प्रतिशत, कर्मचारी सञ्चयकोषलगायतको १९.५ प्रतिशत र अन्यको ४.५० प्रतिशत सेयररहनेछ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा गत वैशाख १३ गते साधारण सेयरनिष्कासनका लागि निवेदन दिएको थियो । बोर्डले मागेका केही सुझावसमेत बुझाइसकेको कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल, एआइबिएल क्यापिटल, ग्लाबेल आइएमई क्यापिटल र एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् ।

आयोजनाका प्रमुख माधव कोइरालाले भूकम्प र भारतको अघोषित नाकाबन्दी तथा ठेकेदारको समस्याका कारण केही ढिला भएको आयोजना हाल युद्धस्तरमा निर्माण भइरहेको बताए ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् आयोजनाले साधारण सेयरनिष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले गत वैशाख १२ गते आवेदन दिएको थियो । सो कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण सेयरजारी गर्न लागेको छ । रु ८७ करोड ६० लाख बराबरको साधारण सेयरजारी गर्न कम्पनीले नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक तोकेको छ ।

सो कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गरेका कर्मचारी तथा लगानी गरेका कम्पनीका कर्मचारीलाई साधारण सेयरदिन लागेको हो । उक्त कम्पनीले १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ .५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण करिब ६० प्रतिशत सकिएको छ । साञ्जेन जलविद्युत् आयोजनाको निर्माण करिब ४५ प्रतिशत सम्पन्न भएको छ । यसबाट सबैभन्दा बढी लाभ कर्मचारी सञ्चयकोषमा कोष कट्टी गरिरहेका तथा लगानीकर्ता कम्पनीका कर्मचारीलाई हुनेछ ।

निजी प्रवद्र्धकको साधारण सेयरआउँदै

बोर्डमा आवेदन दिइएको आधारमा हेर्ने हो भने यस वर्ष विभिन्न १४ जलविद्युत् कम्पनीको मात्रै प्राथमिक सेयर र थप निष्कासन (एफपिओ) गरी रु पाँच अर्ब सात करोडभन्दा बढी सेयरबजारमा आउन लागेको छ ।

कुल १४ जलविद्युत् कम्पनीले आइपिओ र एफपिओका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । आवेदन दिएका सबैको सेयर यस वर्षभित्रै निष्कासन हुनेछ ।

बुटवल पावर कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा एफपिओ निष्कासन गर्न लागेको छ । सो कम्पनीले प्रतिकित्ता रु ५१८ प्रिमियम मूल्य प्रस्ताव गरेको छ । धितोपत्र बोर्डले स्वीकृति दिन बाँकी रहेको उक्त प्रस्तावअनुसार ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासन गर्न लागेको छ ।

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावितलाई रु ११ करोड बराबरको ११ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । राधी विद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई रु सात करोड ६४ लाख ५५ हजार बराबरको सात लाख ६४ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले स्थानीयवासीलाई रु आठ करोड बराबरको आठ लाख कित्ता सेयर निष्कासन गर्न लागेको जनाएको छ । आयोजनाका प्रमुख विश्वनाथ कँडेलले साधारण सेयर निष्कासनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

यस्तै गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले स्थानीयवासीलाई रु दुई करोड बराबरको दुई लाख कित्ता साधारण सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयवासीलाई रु तीन करोड ७१ लाख ४० हजार बराबरको तीन लाख ७१ हजार ४०० कित्ता र शुभम् पावर लिमिटेडले स्थानीयवासीलाई रु दुई करोड बराबरको दुई लाख तथा लुघिम बुद्धपावर नेपाल लिमिटेडले स्थानीयवासीलाई रु नौ करोड ७८ लाख बराबरको नौ लाख ७८ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ ।

बोर्डकाअनुसार युनिक हाइडेल लिमिटेडले रु पाँच करोड ५५ लाख बराबरको ५५ लाख कित्ता, सिइडिबी हाइड्रो फण्डले रु २२ करोड ८९ लाख ३० हजार बराबरको २२ लाख ९८ हजार कित्ता, कालिका पावर लिमिटेडले स्थानीयवासीलाई रु छ करोड बराबरको छ लाख कित्ता र युनियन हाइड्रोपावर लिमिटेडले रु छ करोड ३३ लाख ७४ हजार बराबरको छ लाख ३३ हजार कित्ता साधारण सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment