Comments Add Comment

यी बेहुलीले किन बनाइन् मेहेन्दीमै कुकुरको चित्र ?

बिहेको बेला हामीकहाँ पनि बेहुलीहरु हातमा मेहेन्दी लगाएर सिँगारिन्छन् । हातमा सिँगारिने मेहेन्दीमा विभिन्न कलात्मक चित्रहरुका साथै हुनेवाला बेहुलाको नाम वा मुखाकृति समेत बनाउने चलन छ । तर एकजना बेहुलीले भने हातमा लगाएको मेहेन्दीमा आफ्नो हुनेवाला बेहुलाको नभै कुकुरको चित्र बनाएर चर्चा बटुलेकी छिन् ।

रिकी गिल र जसमिन सिन्धुले हालै अमेरिकामा धुमधामसँग बिहे गरे । भारतीय मूलका यी बेहुला बेहुलीको बिहेको कपडा देखि लिएर फोटोशूट सम्म निकै भव्य रह्यो ।

बिहेमा आएका पाहुनाबाट तारिफ बटुल्ने मात्र होइन बेहुली जसमिनले लगाएको मेहेन्दीले सोसल मिडियामा पनि हंगामा मच्चाएको छ । त्यसको कारण के भने उनले पाखुरामा लगाएको मेहेन्दीमा कुकुरको चित्र बनाइएको थियो । उनको एउटा पाखुरामा कुकुर मात्रको चित्र थियो भने अर्को पाखुरामा एक युगल जोडीको चित्रसँगै समेत सोही कुकुरको फरक पोजको चित्र थियो ।

वास्तवमा दुबै पाखुरामा अटाएको त्यो कुकुर उनको पाल्तु कुकुर टोबी थियो ।

समाचार अनुसार जसमिनले उक्त कुकुरलाई बेवारिसे अवस्थामा फेला पारेकी थिइन् । त्यसरी फेला परेको कुकुरलाई उनले घरमा ल्याएर पालेकी थिइन् । अहिले टोबी जसमिनको सबैभन्दा मनपर्ने साथी हो । मेहेन्दीमा समेत आफ्नो मनपर्ने टोबीको चित्र बनाएर उनले आफ्नो जिवनमा उक्त जनावर केवल पाल्तू कुकुरको रुपमा मात्र नभै जिवनसाथीकै रुपमा रहेको दर्शाउन खोजेकी छिन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment