Comments Add Comment

गणपुरक संख्या नपुग्दा संसद बैठक स्थगित

२३ भदौ, काठमाडौं । गणपुरक संख्या नपुगेपछि व्यवस्थापिका संसद बैठक स्थगित भएको छ ।

शुक्रबारको बैठकमा भूमिसुधारमन्त्री गोपाल दहितले समाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहित मधेसी आयोग विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे । तर, नेमकिपाका सांसद प्रेम सुवालले गणपुरक संख्या नभएको भन्दै नियमापत्ति जनाए ।

सभामुख ओनसरी घर्ती मगरले प्रक्रियामा गइसकेको भन्दै बैठक अघि बढाउन खोजेकी थिइन् । तर, सुवाल उभिरहेपछि सभामुखले उपस्थित सांसदको संख्या यकिन गर्न निर्देशन दिइन् ।

तीन मिनेटको घन्टी बजाएर गणना गर्दा पनि १३६ सांसद मात्र उपस्थित थिए । कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्दा गणपुरक १४१ चाहिने तर, त्यो संख्या नपुगेको भन्दै सभामुख घर्तीले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment