Comments Add Comment

बार्सिलोनालाई संकट ! कस्तो संकट ?

तीन खेल सकियो, अंकतालिकामा ९ अंक छ र अहिलेसम्म एक गोल पनि खाएको छैन । र पनि भनिन्छ, बार्सिलोना संकटमा छ । कस्तो संकट ?

अर्नेस्टो भाल्भर्डे बार्सिलोनाको ‘हट सिट’मा लिगमा उत्कृष्ट सुरुवात गराउनका लागि मात्रै आएका होइनन् । र, उनी बार्सिलोनाका असन्तुष्ट समर्थकलाई खुसी तुल्याउन तथा बोर्ड र खेलाडी/समर्थकबीच देखिएको बैमनस्यतालाई चिर्दै नयाँ आशाको किरण देखाउन प्रशंसनीय काम गर्दैछन् ।

क्रिष्टियानो रोनाल्डोले शानदार प्रदर्शनले स्पेनिस सुपर कपको पहिलो लेगमा बार्सिलोना घरेलु मैदानमै ध्वस्त भएको थियो र यस प्रक्रियामा क्याम्प नाउको मुख बन्द भएको थयो । तर, कसैले भविश्यवाणी गर्न सकेका थिएनन् कि एक महिनाको अन्तरमा उसले रियल मडि्रडलाई लिगमा चार अंकले पछि छाड्नेछ ।

यसका अलावा, बार्सिलोना आफ्नो वास्तविक लयबाट अझै टाढा नै छ । बार्सिलोनाले एकपछि अर्को सफलता पाइरहँदा जिनेदिन जिदानको टोली रियल मडि्रड भने रोनाल्डोको अनुपस्थितिमा संघर्षरत छ ।

उसले लिगमा राम्रो प्रदर्शन गरिरहेको रियल सोसिडाडसाग खेल्नुछ, जुन खेलमा रोनाल्डोसँगै करिम बेन्जिमा -लेभान्टेविरुद्ध खेल्दा घाइते) र मार्सेलो -रातो कार्ड पाएका) अनुपस्थित हुनेछन् ।

रियल मडि्रडसँग कुनैपनि खेल जित्नसक्ने क्षमता छ । यो पटक-पटक सावित भइसकेको पनि छ । तर, उनीहरुले त्यो आत्मविश्वासका साथ खेल्न सकिरहेका छैनन्, जुन उनीहरुको आफ्नो मौलिक शैली हो ।

बार्सिलोनाले भने स्पानियोलबिरुद्ध अन्तिम २० मिनेटाम यसै सिजन अनुबन्ध गरेका चारमध्ये ३ खेलाडीलाई मैदानमा उतार्‍यो । तर, उनीहरुको खेल क्लबमा आएको समय भन्दा पहिलेदेखि नै खेले जस्तो थियो ।

सुरुवाती प्रदर्शन हेर्दा यसै सिजन अनुबन्धित भएका पाउलिन्हो केहि सुस्त देखिए । उनले अपेक्षाकृत प्रदर्शन गरेको भए बार्सिलोनाले अझै एक/दुई गोल थप्न सक्थ्यो ।

नेल्सन सेमेडोको अनुबन्धमा पहिले नै पोजिसनल त्रुटी भएको छ । उनलाई ड्यानी आल्भेसको पोजिसनका लागि ल्याइएको थियो र उनी त्यसमा कहिल्यै जम्न सकेनन् । उनी सेन्टर ब्याकको भूमिकामा प्रभावकारी हुन सक्छन् ।

जेरार्ड डेउलोफुले शानदार प्रदर्शन गरिरहेका छन् र उनको खेलमा पहिलेको तुलनामा परिपक्कता पनि उत्तिकै देखिन्छ । यद्यपि उनले यो बुझेका छन् कि सिजनमा हरेक खेलमा उनी प्लेइङ सेटमा अटाउने छैनन् । तर, बार्सिलोनालाई अन्तिमसम्म उत्कृष्ट बनाउन उनको योगदानले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

ओसमान डेम्बेलेको शानदार पासमा लुइस स्वारेजल् स्पानियोलविरुद्ध पाँचौं तथा अन्तिम गोल गरे, त्यसपछि हरेकले सोच्न थाले कि उनी कति उत्कृष्ट खेलाडी हुन् । उनी बार्सिलोना शैलीमा आउन अझै समय लाग्न सक्छ, तर भाल्भर्डेको यो निर्णयले भविश्यमा बार्सिलोनाले नेइमारलाई सम्भिmराख्नुपर्ने छैन ।

लियोनल मेस्सी, जसले आफ्नो सकेजतिको खेललाई निरन्तरता दिइरहेका छन् । शनिबार रातिको हृयाटि्रकपछि उनी क्याटलान डर्बीमा सर्बाधिक १८ गोल गरेका छन् । यो उपलब्धि सायदै कुनै स्ट्राइकरले हासिल गर्न सक्छन् । र स्पेनिस लिगमा सर्बाधिक गोलकर्ताको रुपमा क्रिष्टियानो रोनाल्डो भन्दा १०२ गोलले अग्रता हासिल गरेका छन् ।

आनन्दको महशुस गर्न सक्ने कारण नाउ क्याम्प फर्किएको छ र यसको सबैभन्दा धेरै श्रेय भाल्भर्डेलाई दिनुपर्छ । यलि बार्सिलोनाले यसरी नै अघि बढ्न दिने हो भने यसले उनीहरुका लागि खास सिजन बनाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment