Comments Add Comment

ग्लोबलको २०, सहयोगी बिकासको २४ प्रतिशत लाभांश प्रस्ताव, भदौ ३०मा युनिलिभरकाे बुक क्लाेज


२८ भदौ, काठमाडौं । ग्लोबल आइएमइ बैंकले यसपटक १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको बुधवार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैंकको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ ।

यता, सहयोगी बिकास बैंकको बुधवार नै बसेको सञ्चालक समितिको बैठकले पनि २० प्रतिशत बोनस र ४.५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । यो लाभांश प्रस्ताव पनि राष्ट्र बैंकले स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ ।
प्रति सेयर १ हजार १ सय रुपैयाँ नगद लाभांश घोषणा गरेको युनिलिभर नेपालको भदौ ३० देखि असोज २० गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले घोषणा गरेको लाभांश भदौ २९ गतेसम्म सेयर किन्ने वा स्वामित्व हुनेले पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment