Comments Add Comment

सेती-महाकाली ट्रक व्यवसायी संघको नेतृत्वमा चेतराज जोशी

२९ भदौ, कैलाली । सेती-महाकाली ट्रक यातायात व्यवसायी संघको अध्यक्षमा चेतराज जोशी निर्विरोध चयन भएका छन् ।

संघको नवौ वाषिर्क साधारण सभा र सातौं अधिबेशनले जोशीको अध्यक्षतामा २० सदस्यीय कार्य समिति निर्विरोच चयन गरेको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा धर्मपाल सिंह रावत, प्रशासन उपाध्यक्षमा विरेन्द्रबहादुर सिंह र उद्दार उपाध्यक्षमा टेक बहादुर देउवा निर्विरोध चयन गरेको हो ।

त्यस्तै संघको महासचिवमा दुर्गा प्रसाद जोशी, सचिवमा मोहन सिंह साउँद, सहसचिवमा शेरबहादुर विष्ट, कोषाध्यक्षमा दानबहादुर साउँद र सहकोषाध्यक्षमा महेश बोहरा निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै निर्विरोध निर्वाचित हुने सदस्यहरुमा रमेश बम, बालकृष्ण न्यूरे, लोकराज जोशी, योगेन्द्र ठकुराठी, भीमराज कपाडी, दीपकराज भट्टराई, हर्क कप्डेल, तारा धामी, धुर्ब कार्की, सुर्यकुमार सिजाल र धन बहादुर विष्ट छन् ।

संघका केन्द्रीय उपाध्यक्ष उपेन्द्र विष्टको प्रमुख आतिथ्यमा नव निर्वाचित कार्य समतिलाई संघका कानुनी सल्लाहाकार एवं निर्वाचन अधिकृत हिमालय बिक्रम विष्टले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment