Comments Add Comment

चार आना सुनको लागि साथीको हत्या !

२९ भदौ, कञ्चनपुर । विद्यालयबाटै हराएका एक किशोरको आफ्नो साथीले हत्या गरेको खुलेको छ । भीमदत्त नगरपालिका-७ स्थित महाकाली जनसेवा मावि हल्दुखालमा कक्षा ८ मा अध्ययनरत तिलकबहादुर चन्दको शव बिहीबार भेटिएको छ ।

उनी २५ गतेदेखि हराइरहेका थिए । स्कुल पछाडि महाकाली नदी किनारको झाडीको उनको शव भेटिएको छ ।

उनको हत्याको आशंकामा प्रहरीले १७ वर्षीय आशिषलाई नियन्त्रणमा लिएको छ ।

दुबै एउटै कक्षामा पढ्ने साथी हुन् ।

उनको साथबाट चन्दले कानमा लगाएको चार आना बराबरको सुनको मुन्द्रा पनि भेटिएको कञ्चनपुरका प्रहरी नायव निरीक्षक ज्ञान बहादुर सेटीले जानकारी दिए । उनले भने, ‘सुनकै लागि हत्या गरेको देखिन्छ । अनुसन्धान जारी छ ।’

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले कक्षा ८ मै अध्ययनरत तीन जनालाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment