Comments Add Comment

आखिर आइफोन एक्स यसकारण होइन क्रान्तिकारी

आफ्नो बहुप्रतिक्षित आइफोन एक्सको घोषणा गरेसँगै एप्पलका सिइओ टिम कुकले भने, ‘यो एप्पलको पहिलो आइफोन घोषणा भएयताको सबैभन्दा ठूलो उछाल हो’ ।

क्यालिफोर्नियामा एप्पलको नयाँ कार्यालयस्थित स्टिभ जब्स थिएटरमा मंगलबार आइफोनको १० औँ वर्षगाँठको अवसरमा आइफोन एक्सको मोडल विशेष महत्व दिएर लञ्च गरियो ।

यद्यपि यसलाई नकार्न सकिँदैन की आइफोन एक्स विभिन्न मानेमा एउटा उछाल नै हो ।

पहिलो कुरा, आइफोनको इतिहासमा यो सबैभन्दा महंगो फोन हो । यसको मूल्य अमेरिकी बजारमा ९ सय ९९ डलर तोकिएको छ । त्यसैले विश्वका अन्य बजारमा यसको मूल्य अझै उच्च हुने अनुमान सहजै गर्न सकिन्छ ।

साथै यो आइफोनमा यस्ता प्रविधिहरुको प्रयोग गरिएको छ जो अहिलेसम्मका कुनैप्नि आइफोनमा प्रयोग गरिएको थिएन ।

यसरी एप्पलका लागि उसको आइफोनका एप्लिकेसन आफैमा क्रान्तिकारी हुनसक्दछन् । तथापि मोबाइल फोन उद्योगका लागि भने आइफोन एक्स कुनै अनौठो र नौलो चिज होइन ।

अर्को कुरा, यहाँ आइफोन एक्सका केही नयाँ भनिएका फिचरहरुको बारेमा बताइन्छ जो तपाइँले अन्य फोनमा पनि पाउन सक्नुहुन्छः

ओएलइडी स्क्रिनः आइफोन एक्समा सबैभन्दा महत्वपूर्ण परिवर्तन भनेको होम बटन नहुनु हो । यसको ठाउँमा एण्ड टू एण्ड ओएलइडी स्त्रिmन रहेको छ । यद्यपि सबैभन्दा ठूलो विडम्बना यो छ की आइफोन एक्सको यो पार्ट एप्पलको सबैभन्दा ठूलो प्रतिस्पर्धी कम्पनी सामसुङले बनाइदिएको हो । सामसुङ कम्पनी डिस्प्ले, ओएलइडी मनिटर निर्माण गर्ने विश्वको सबैभन्दा ठूलो कम्पनी हो । ओएलइडी डिस्प्ले उसले ग्यालेक्सी एस एट तथा ग्यालेक्सी नोट एटमा गरिसकेको छ ।

यसबाटै आइफोन एक्सको यो फिचर कत्तिको नौलो रहेछ भन्ने प्रष्ट हुन्छ । प्रविधि पत्रकार क्रिस वेल्सले द भर्ज जर्नलमा लेखेका छन्ः सामसुङ जत्तिको अरु कुनै पनि कम्पनी मोबाइल फोनको ओएलइडी स्क्रिन बनाउन सक्षम छैनन् ।’

यो निकै महंगो प्रविधि हो जुन वर्षौँदेखि टेलिभिजन स्क्रिनमा प्रयोग भैरहेको छ । यो डायोडमा आधारित छ, जसले कुनैपनि अतिरिक्त श्रोतको आवश्यकता विना नै विजुली चालू भएसँगै प्रकाशमा बढोत्तरी हुन्छ । यसको आविष्कार सन् १९७० को दशकमा नै भएको हो । यो प्रविधि पूरानो भएपनि यसको प्रयोग धेरै भएको छैन । विज्ञका अनुसार यो निकै महंगो प्रविधि हुनुका साथै यसको आयू पनि धेरै हुँदैन । सामसुङसँगै एलजी तथा गुगल पिक्सेल स्मार्टफोनमा पनि ओएलइडी स्क्रिनको प्रयोग गरिएको छ ।

फेस आइडीः आइफोन एक्समा भएको फेस आइडी फिचरलार्य पनि एप्पलले बडो महत्व दिएर प्रचार गरेको छ । यो प्रविधिमा प्रयोगकर्ताको अनुहार पहिचान गरेर फोन अनलक्ड हुन्छ । यसले आइफोनमा विद्यमान टच आइडीको ठाउँ लिएको छ । यद्यपि यो प्रविधि पनि नयाँ होइन साथै यो विवादमुक्त पनि छैन ।

आइरिस तथा फेस आइडी प्रविधि भित्राउने पहिलो कम्पनी सामसुङ हो ।

सामसुङले अगष्ट २०१६ मा नोट सेभेन लञ्च गरेको थियो जसमा यो फिचर थियो । यद्यपि ब्याट्रीमा समस्या आएसँगै सामसुङले नोट सेभेन खारेज गर्यो । सामसुङले पुनः ग्यालेक्सी एस एटमा यो प्रविधिको प्रयोग गरेको छ, जुन गत मार्च महिनामा रिलिज भएको हो । यसका अलावा एलजीका स्मार्टफोनमा पनि यो प्रविधि रहेको छ ।

इमोजी एनिमेसनः एप्पलको कोसिस यो थियो की उसले आफ्नो नयाँ आइफोनमा एनिमेटेड इमोजीको नयाँ फिचर ल्याएर विश्वमा इमोजीको बढ्दो लोकपि्रयतालाई क्यास गर्न सकियोस् । यसलाई एप्पलले एनिमोजी भन्ने नाम दियो । एनिमोजी थ्री डी प्रविधिमा आधारित छ र यसले अनुहारको हाउभाउलाई फोनको सेल्फी क्यामराबाट रेकर्ड गर्दछ । एप्पलको यो फोनले ५० थरीका हाउभाउ रेकर्ड गर्न सक्दछ र त्यसको आधारमा १२ थरी इमोजी बनाउन सक्दछ । तर एनिमेटेड इमोजी पनि एप्पलको आविष्कार चाहीँ होइन । बजारमा पहिले नै यस्ता खाले एप्लिकेसन रहेका छन् जसले अनुहारको हाउभाउको आधारमा इमोजी तयार गरिदिन्छन् । मेमोजी तथा इमोजी एप यसका उदाहरण हुन् । यस्ता एप निशुल्क छन् र एप स्टोरमा उपलब्ध छन् ।

वायरलेस चार्जिङः आइफोन एक्समा एक नयाँ फिचर छ, वायरलेस चाजिङ । आफ्नो वेबसाइटमा कम्पनीले भनेको छ, ‘ आइफोन एक्स पहिलो आइफोन हो जो केबल विनाको भविष्य हेरेर डिजाइन गरिएको हो । यसलाई चार्ज गर्नका लागि तार जोड्नु आवश्यक हुनेछैन ।’

तर आइफोनको यो प्रविधि नयाँ होइन । सामसुङले यो प्रविधि आफ्ना टर्मिनलमा पहिलेदेखि नै उपलब्ध गराउँदै आएको छ, खासगरी यसका एस तथा नोट सिरिजका स्मार्टफोनमा । यसका साथै एलजी, लेनोभो, ब्लाकबेरी तथा विन्डोज फोनका कैयन् मोडलमा पनि यो प्रविधि मौजूद छ ।

बजारमा अरु के के छन् त ?

एप्पललाई टक्कर दिने धेरै कम्पनीहरु एसियाली बजारमै छन् । सामसुङ तथा एलजीका अलावा अन्य केही ससाना कम्पनीहरु पनि छन् जसले आइफोन जस्तै फिचर भएका फोनहरु कम मूल्यमा उपलब्ध गराइरहेका छन् । चिनिया कम्पनी शाओमीले सन् २०१६ मा साओमी मिक्स स्मार्टफोन लञ्च गर्यो, जसको मूल्य आइफोनको भन्दा आधा छ । यसमा क्वालकोम प्रोसेसर, ६ जिबीको र्याम र २५६ जिबीसम्मको इन्टर्नल मेमोरी रहेको छ ।

अर्को स्मार्टफोन छ, वनप्लस फाइभ । वनप्लस नामक चिनिया कम्पनीले उत्पादन गरेको यो स्मार्टफोनमा पनि गज्जबका फिचर्स छन् । यसमा हाइ रिजोलुसनयुक्त डुअल क्यामरा छ भने मूल्य जम्मा ६ सय डलर ।

चिनिया कम्पनी जेडटीइ नुबियाको नुबिया जेड १७ यहीँ वर्ष नै लञ्च भएको हो । ५.५ इन्चको स्त्रिmनवाला यो फोनको मूल्य जम्मा ४ सय डलर छ । यो साइडफ्रेम बिनाको स्त्रिmनयुक्त फोन हो । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment