Comments Add Comment

ह्याट्रिकसँगै एग्युरो बने ‘लेजेन्ड’

१ असोज, काठमाडौं । सर्जिओ एग्युरोको ह्याट्रिकको मद्दतमा म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डमाथि शानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा सिटीले वाटफोर्डलाई ६–० गोल अन्तरले हराएको हो । वाटफोर्डको घरेलु मैदानमा भएको खेलमा एग्युरोले २७, ३१ र ८१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । अन्य गोल जेसिस, ओटामेन्डी र स्टर्लिङले गरे ।

यो ह्याट्रिकसँगै एग्युरो सिटीको सर्वाधिक गोलकर्ताको रेकर्ड नजिक पुगेका छन् । सन् २०११ मा सिटीमा आएका २९ वर्षीय अर्जेन्टिनी स्ट्राइकरले १७५ गोल गरेका छन् ।

क्लब सर्वाधिक गोलकर्ताको रेकर्ड इरिक ब्रोकको नाममा छ, उनले १७७ गोल गरेका छन् ।

अब तीन गोल गर्ने हो भने एग्युरो म्यानचेष्टर सिटीका सर्वाधिक गोलकर्ता बन्नेछन् । एग्युरो क्लबको लेजेन्ड भएको बताउँदै प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘आश गरौं यो रेकर्ड छिट्टै बन्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment