Comments Add Comment

समिट माइक्रोको ३४.४८ प्रतिशत बोनस

१ असोज, काठमाडौं । समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ३४.४८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.८१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णय राष्ट्र बैंकबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी रहेको छ ।

७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनस वितरण पछि पूँजी ९ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment