Comments Add Comment

मेस्सीलाई छोराको प्रश्नः तपाईलाई अर्जेन्टिनामा किन सुलीमा चढाउँछन् ?

काठमाडौं । लिओनल मेस्सीले राष्ट्रिय फुटबल टिममा आफ्नो समय र अर्जेन्टिनाका जनताबाट प्राप्त प्रतिक्रियाबारे खुलेर कुराकानी गरेका छन् ।

अर्जेन्टिनामा मेस्सीको निकै आलोचना हुन्छ र उना पनि यसलाई सुन्ने बानी परिसकेको छ । तर, यसले आफूलाई निराश बनाउने मात्र होइन, छोरामा भ्रम पैदा भएको मेस्सीले बताएका छन् ।

एक स्थानीय रेडियोलाई दिएको अन्तर्वार्तामा मेस्सीले भनेका छन्, ‘उनीहरु मेरो बारेमा भनिरहन्छन् । धेरै मानिसहरु भनिरहेका छन् कि मैले अर्जेन्टिनी टिममा र्फकिनु हुँदैन । मेरो छोरामा सोध्छ कि तपाईलाई अर्जेन्टिनामा किन सुलीमा चढाउँछन् ?’

उनले २०१८ को विश्वकपपछि कस्तो महसुस भयो भन्ने सुनाँदै उनले सबैबाट अलग रहने प्रयास गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment