Comments Add Comment

माइक्रोसफ्टले लगायो ‘अप्रिल फुल’मा ‘प्रतिबन्ध’

यो वर्ष माइक्रोसफ्ट कम्पनीमा कुनैपनि अप्रिल फुल प्रांक हुनेछैन । किनकी माइक्रोसफ्ट कम्पनीले आफ्ना कर्मचारीहरुलाई अप्रिल फुलको दिन कुनैपनि कर्पोरेट प्रांक नगर्न निर्देशन दिएको छ ।

माइक्रोसफ्टकी मार्केटिङ विभाग प्रमुख क्रिस क्यापोसेलाले जारी गरेको निर्देशनमा कर्मचारीहरुलाई आगामी अप्रिल १ मा मनाइने अप्रिल फुल डे मा कुनैपनि अफवाह फैलाउने वा ढाँट्ने काममा नलाग्न भनिएको छ ।

निर्देशनमा भनिएको छ, ‘कम्पनीले पछिल्लो दिनमा सामना गरिरहेको आलोचनालाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीहरुलाई अप्रिल फुल दिवसको कुनैप्नि स्टन्टमा सहभागी नहुन आग्रह गरिन्छ ।

यस्ता गतिविधिमा आफ्नो समय तथा श्रोत खेर फाल्नु फाइदाजनक हुँदैन ।’ साथै त्यस्ता स्टन्टबाजीको सकारात्मक असर कम हुने र उल्टै अनिच्छित तथा अकल्पनीय खालका समाचारको चक्र सुरु हुने पनि निर्देशनपत्रमा लेखिएको छ

माइक्रोसफ्टले आफ्नो अफिस एसिस्टेन्ट टुल क्लिप्पी पुनस्र्थापित गरी अर्को दिनमै हटाएको एकदिन पछि अप्रिल फूलमाथि प्रतिबन्ध लगाउने यस्तो आदेश आएको हो ।

यसअघिका वर्षहरुमा प्रसस्तै अप्रिल फुल प्रांकहरुमा सहभागी भएको माइक्रोसफ्टले पहिलोपटक अप्रिल फुलमाथि बन्देज लगाएको हो ।

सन् २०१५ मा माइक्रोसफ्टले अप्रिल फुल मनाउँदै विन्डोज फोनका लागि एमएस डस मोबाइल एप लञ्च गरेको घोषणा गरेको थियो । सन् २०१३ मा गुगल र माइक्रोसफ्ट दुबैले अप्रिल फुल मनाउँदै एक अर्काको खिल्ली उडाएका थिए ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment