१६ चैत, काभ्रे । आयोजक टिम काभ्रेपलाञ्चोक फुटबल सङ्घलाई हराउँदै सङ्कटा क्लबले ‘काभ्रे गोल्डकप’ उपाधि जितेको छ ।
धुलिखेल सामुदायिक खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सङ्कटाले आयोजक टिमलाई ३-० गोल अन्तरले हराएको हो ।
खेल शुरु भएको ३० सेकेण्डमै सङ्कटा क्लबका अभिषेक रिजालले पहिलो गोल गरेर आफ्नो टिमको खाता खोलेका थिए । ३५ औँ मिनेटमा सङ्कटाकै एक्मी क्रिष्चियनले अर्को गोल थपे । त्यस्तै खेलको इन्जुरी समयमा सङ्कटाका सुभास गुरुङले गोल गर्दै आफ्नो टिमलाई विजयी गराएका हुन् ।
संकटाले चार लाख नगदसहित ट्रफी पाएको छ भने उपविजेता काभ्रेले दुई लाख नगदमा चित्त बुझाउको छ ।
प्रतियोगितामा संकटाका एक्मी क्रिश्चियन वेस्ट स्कोरर बने । उनले प्रतियोगिता अवधिभर ६ गोल गरेका थिए । त्यस्तै सङ्कटाकै गोलकिपर राजाबाबु थापालाई बेस्ट किपरको उपाधि दिइयो । प्रतियोगितामा छ वटन ए डिभिजनसहित १० टिम सहभागी थिए ।
प्रतिक्रिया 4