Comments Add Comment

तेस्रो चरणको चुनाव इतिहासकै शान्तिपूर्णः गृहमन्त्री शर्मा


६ असोज, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह तेस्रो चरणको निर्वाचन मुलुककै इतिहासमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको दावी गरेका छन् । सबै सुरक्षा निकायले जनताको साथमा रहेर काम गरेकाले निर्वाचन अत्याधिक शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न गर्न सम्भव भएको पनि बताए ।

शुक्रबार काठमाडौंमा ‘प्रहरी हाम्रो टोलमा’ अभियान शुभारम्भ गर्दै उनले निर्वाचनमा हिंसा हुन्छ कि भनेर आशंका गर्नेहरुलाई पनि निर्वाचनमा कायम गरिएको सुरक्षा व्यवस्थाले बलियो जवाफ दिएको स्पष्ट पारे ।

गृहमन्त्री शर्माले सरकार जनतासँगै रहेर सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन प्रतिवद्ध रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment