Comments Add Comment

सलमान खानका ज्वाईंले सैफकी छोरीसँग रोमान्स गर्ने

बलिउड सुपरस्टार सलमान खानका बहिनी ज्वाईं आयूषले अभिनेता सैफ अली खानकी छोरी सारासँग रोमान्स गर्ने भएका छन् । तर, यो रोमान्स वास्तविक जीवनमा नभएर फिल्मको स्क्रिनमा हुन लागेको हो ।

सलमानले आफ्ना ज्वाईंलाई चाँडै एउटा फिल्मबाट बलिउडमा डेब्यू गराउँदैछन्, जुन फिल्ममा सारा प्रमुख हिरोइन हुनेछिन् ।

एक अन्तरवार्तामा सलमानले भने, ‘हामी आयूषको पहिलो फिल्म प्रोड्यूस गर्दैछौं । यो फिल्मको सुटिङ २०१८ को फेबु्रअरीबाट सुरु हुने छ र २०१८ को अन्त्यमा फिल्म रिलिज हुनेछ ।’

यस फिल्मको तयारीका लागि आयूषले अहिले डान्स र एक्सनको ट्रेनिङ लिइरहेको बताइएको छ ।

यता सारा भने अहिले आफ्नो डेब्यू फिल्म ‘केदारनाथ’ को सुटिङमा व्यस्त छिन् । यस फिल्ममा उनी सुशान्त सिंह राजपूतसँग देखिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment