Comments Add Comment

राजविराजमा दिउँसै साढे ९ लाख रुपैयाँ लुटियो

२४ असोज, सप्तरी । राजविराजमा एक व्यापारीको दिनदहाडै ९ लाख ५० हजार रुपैयाँ लुटिएको छ ।

एउटा बैंकबाट अर्काे बैंकमा जम्मा गर्न गइरहेको अवस्थामा उनको रकम लुटिएको हो ।

राजविराज-९ मलेठ निवासी इजलास मियाँले मंगलबार दिउँसो राजविराजस्थित बाणिज्य बैंकबाट झिकेको उक्त रकम तत्कालै लुटिएको हो ।

बाणिज्य बैंकदेखि ३० मिटरको दूरीमा रहेको सनराइज बैंकमा रकम जम्मा गर्न जाँदै गर्दा अपरिचित व्यक्तिको समूहले इजलासको शरीरमा फोहोर फ्याँकी रकम लिएर फरार भएको पीडितले जनाएका छन् ।

सनराइज बैंकमा रकम जम्मा गर्नका लागि स्टाम्प बनाउन जाने क्रममा माइक्रो स्टेन्ड नजिकैबाट उनको रकम लुटिएको प्रहरीले जनाएको छ । ‘एक्कासी एक जना अज्ञात व्यक्ति आएर घाँटीमा फोहोर दली रकमले भरिएको ब्याग लिएर भागे’ उनले भने, “ती व्यक्ति को हुन् र कहाँ भागे केही थाहा छैन् ।”

राष्ट्रिय बाणिज्य बैकमा हलिमा खातुनको नाममा रहेको १९०२५ नम्बरको खाताबाट उनले रकम झिेकेका थिए ।

उनले सोही रकमले आउँदो दीपावलीका दिनदेखि मलेठमा हार्डवेयर पसल सन्चालन गर्ने योजना बनाएका थिए ।

यसैबिच रकम लुटेको आशंकामा एक जना युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment