Comments Add Comment

डुब्दै गरेका बबि देवललाई सलमानले दिए हात

बलिउड अभिनेता बबि देवलको करिअर यतिबेला निकै संकटमा छ । उनले लामो अन्तरालमा फिल्म ‘पोष्टर व्वाईज’ बाट पुनरागमन गरेका थिए । तर, यो फिल्मले बक्स अफिसमा लामो सास पनि फेर्न पाएन ।

‘पोस्टर व्वाइज’ले आफ्नो डुब्दै गरेको करिअरलाई जगाउने बबिको आशा थियो, जुन पुरा हुन सकेन । तर, अहिले उनको लागि अर्को अवसर जुरेको छ । उनी बलिउड सुपरस्टार सलमान खानको फिल्म रेस ३ मा अनुवन्धित भएका छन् ।

भारतीय मिडियाका अनुसार सलमान खान स्वयम्ले बबिलाई फिल्मको अफर गरेका थिए । फ्लप हिरोलाई सलमानले यति भाउ दिनुलाई आश्चर्यको रुपमा हेरिएको छ ।

रेस र रेस २ को बजेट करिब २ सय २० करोड भारु थियो । त्यसैले अनुमान गर्न सकिन्छ कि रेस ३ को बजेट ३ सय करोडको आसपास हुनेछ । यति ठूलो बजेटको फिल्ममा काम गर्न पाउने बबिले सायदै सोचेका थिए ।

फिल्मका प्रोड्यूसर रमेश तौरानीले बबिलाई फिल्ममा साइन गराउनुको कारण खुलाउँदै भने, ‘मैले पहिले पनि बबिसँग सोल्जर र नकाब फिल्ममा काम गरिसकेको छु । उनीसँग मेरो अनुभव निकै सुखद छ । उनी एकदमै प्रोफेसनल छन् र आफ्नो काममा इमान्दार छन् ।’ रेस ३ मा बबिलाई यसअघि कहिल्यै नगरेको भूमिका दिइएको तौरानीको भनाई छ ।

यो फिल्म पाउनु बबिका लागि चिठ्ठा परे झैं मानिएको छ । लामो समयदेखि उनी ठूलो ब्यानरको फिल्मको पर्खाईमा थिए । फिल्म नपाएर उनी डिप्रेसनमा पनि पुगेका थिए । पछिल्लो १० वर्षदेखि उनले कुनै पनि हिट फिल्म दिन सकेका छैनन् ।

रेस ३ का लागि अमिताभ बच्चनलाई पनि अफर गएको थियो, तर उनले खेल्न मानेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment