+
+
Shares

चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेको उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ७ गते १८:५९

७ चैत, काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेले उम्मेवदारी घोषणा गरेकी छन् ।

हाल महासचिव रहेकी उनले फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष पदका लागि उम्मेदवारी दिएको घोषणा गरेकी हुन् ।

उनले भनेकी छिन्, ‘यही चैत २३ गते शनिबार हुन गइरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारीको घोषणा गर्दछु ।’

उनले आफूलाई साथ सहयोग तथा आशीर्वाद दिन अनुरोध समेत गरेकी छन् ।

लामिछाने ०५५ सालदेखि निरन्तर कलाकारिता क्षेत्रमा आबद्ध छिन् ।

चर्चित टेलिशृंखला ‘मुक्ति’ बाट अभिनय सुरु गरेकी लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरिसकेकी छिन् ।

पछिलो समय टेलिशृंखला ‘दृष्टि’ मा अभिनय गरिरहेकी लामिछानेले ‘सन्तानको माया’, ‘श्रीमान्–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’, ‘सीता’ लगायतको फिल्ममा अभिनय गरिसकेकी छिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?