Comments Add Comment

प्रियंका र आयुषमानसँग मोःमोको मज्जा

७ चैत, काठमाडौं ।  कोका-कोला मोःमो उत्सवमा प्रियंका कार्की र आयुषमान देशराज कोक र मःमःलाई प्रवर्द्धन गर्नर् विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा भ्रमण गरिरहेका छन् । पि्रयंका कार्की र आयुषमान देशराज जोशीले काठमाडौंको  डल्ले र पेपे पिज्जाका आउटलेटहरु भ्रमण गरेर विभिन्न परिकारका मःमः र कोका-कोलाको मज्जा लिँदै यो उत्सवको नयाँ तरङ पैदा गरेका छन् ।

पि्रयंका र आयुषमानले गत सोमबार लबिम् मल, जाउलाखेल र कमलादीको डल्ले रेष्टुरेन्ट र बालाजु, महाराजगञ्ज, अनामनगर, त्रिपुरेश्वरको  पेपे पिज्जाका आउटलेटहरु भ्रमण गर्दै कोका-कोला र मःम प्रेमी शुभचिंतक र शुभेच्छुक र आउटलेट संचालकसँग बसेर रमाइलो गरेका छन् ।

कोका-कोला र मःमःको अनुभव बढाउन आएका ˆयानहरु पि्रयंका र आयुषमानसँग भेट्ने अवसर पाउँदा हषिर्त देखिएका छन् । ˆयानहरुले कोका-कोला र मःमको मज्जा लिनुको साथै आˆनो मनपर्ने कलाकारलाई भेटेर कुराकानी गर्ने र फोटो खिच्ने अवसर पनि पाएका थिए ।

‘म कोका-कोला मोःमोःउत्सवमा विगत ३ वर्षदेखि लगातार सहभागी हुँदै आइरहेकी छु । यो मेरो लागि निश्चयनै सम्मानको कुरा हो । यस अभियानमार्फत मैले चिसो कोका-कोलाको साथ विभिन्न परिकारको स्वादिलो मःमको मज्जा लिन पाए । मलाई ˆयानहरुसँग बसेर मःम र कोका-कोलाको मज्जा लिन अवसर जुराई दिएकोमा म कोका-कोला नेपाललाई आभार प्रकट गर्न चाहान्छु । म अन्य आउटलेटहरु पनि भ्रमण गर्दैछु , तपाई सम्पूर्ण कोका-कोला र मःमः प्रेमीहरुलाई त्यही भेट्ने आशा राखेकी छु,’पि्रयंका कार्कीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment