+
+
Shares

नेपाल लोक स्टारको बजार प्रवर्द्धन एड प्याडले गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ७ गते १९:१५

७ चैत, काठमाडौं । एएनएस को.को सहायक कम्पनि एड प्याड प्रालिले चाहाना मिडिया प्रालिको नेपाल लोक स्टारलाई प्रचार प्रसार तथा बिक्रि वितरण गर्नको लागि आधिकारिक एजेन्सीको रुपमा सम्झौता भएको छ ।

एड प्याड प्रालिको तर्फबाट निर्देशक सरोज बस्नेत र चाहानाको तर्फबाट अध्यक्ष सहदेव कोइरालाकाबिच सम्झौतामा हस्ताक्षर भयो ।

नेपाल लोक स्टार नेपालीहरुको आˆनै मौलिकता झल्कने नेपालकै पहिलो रियालिटी शो भएको आयोजक बताउँछ । यसले देशको कुना कुनामा लुकेको लोक प्रतिभालाइ उजागर गर्ने उदेश्यले यो कार्यक्रम संचालन गरिएको छ ।

कार्यक्रमका निणर्ायक मण्डलमा जय नन्द लामा, बिबि अनुरागी, रामजी खाँड र सुनिता दुलाल रहेका छन् भने कार्यक्रमको होस्ट मिस नेपाल इन्टरनेसनल २०१२, शुभेक्ष्या खड्का र लोक गायक अशोक धिताल रहेका छन् ।

कार्यक्रममा साइलेन्ट अडिसन, ओपन अडिसन र जज अडिसनको छनौट प्रक्रिया हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?