+
+
Shares

त्रिभुवन राजपथको अघोर बजार नजिकै सडक भासियो, राजमार्ग एकतर्फी सञ्चालन

सोमबार बिहान ९:४० बजेको समयमा भासिएको सडकखण्ड दुईतर्फी सञ्चालनमा ल्याउनका लागि सडक विभागसँग समन्वय गरी ट्रयाक बनाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १३:४१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको भिमफेदी गाउँपालिका-९ अघोर बजार नजिक त्रिभुवन राजपथ सडक खण्ड भासिएपछि एकतर्फी मात्रै सञ्चालनमा रहेको छ।
  • सडक दुईतर्फी खुलाउन सडक विभागसँग समन्वय गरी ट्रयाक बनाउने पहल भइरहेको प्रहरीले जनाएको छ।
  • इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमान्डमा ट्राफिकसहितको टोली परिचालन गरिएको छ।

२९ भदौ, काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर भिमफेदी गाउँपालिका-९ अघोर बजार नजिकैको सडक खण्ड भासिएको छ ।

उक्त राजमार्ग अन्तर्गतको सडकको तल्लो भाग भसिन जाँदा राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

सोमबार बिहान ९:४० बजेको समयमा भासिएको सडकखण्ड दुईतर्फी सञ्चालनमा ल्याउनका लागि सडक विभागसँग समन्वय गरी ट्रयाक बनाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

सडक दुईतर्फी खुलाउनका लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमान्डमा ट्राफिकसहितको टोली परिचालन भएको छ ।

पृथ्वी राजमार्गको कृष्णभिरमा त्रिशूलीको बाढीले सडक कटान गरेपछि हेटौंडा-काठमाडौं आउजाउ गर्ने वैकल्पिक राजमार्गको रूपमा त्रिभुवन राजपथ प्रयोग हुँदै आएको छ । जसका कारण यो राजमार्गमा सवारीको चाप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?