Comments Add Comment

बेलुकासम्मै समानुपातिकको सूची दर्ता

२९ असोज, काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको बन्दसूची बुझाउने पूर्वनिर्धारित समय सकिएको छ तर, ठूला राजनीतिक दलहरु ढिला गरी आएकाले निर्वाचन आयोगले उनीहरुको बन्दसूची दर्ता गर्ने क्रम जारी राखेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले पाँच बजेभित्र आयोग कार्यालय प्रवेश गरिसकेकाहरुको सूची दर्ता गर्नेक्रम जारी रहेको बताए ।

निर्वाचन आयोगले समानुपातिकको सूची बुझाउन बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म समय निर्धारण गरेको थियो । बेलुका पौने ९ बजेसम्म ५५ दलले बन्द सूची बुझाएका उनले जानकारी दिए ।

साना राजनीतिक दलहरु बिहानै आयोग कार्यालयमा पुगे पनि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायत ठूला राजनीतिक दलका नेताहरु भने कार्यालय समय सकिनुभन्दा केही अघिमात्रै पुगेकाले पाँच बजेपछि पनि दर्ताको प्रक्रिया जारी छ । प्रवक्ता ढकालले भने, ‘सबैजसो ठूला दलले सूची दर्ता गराएका छन् ।’

आकांक्षीहरु धेरै भएकाले र समावेशी समानुपातिक मिलाउनुपर्ने भएकाले प्रमुख राजनीतिक दलहरुले उम्मेदवारको सूची टुंगो लगाउन ढिलाई गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment