Comments Add Comment

दहमा डुबेर एकको मृत्यु, एक बेपत्ता

३० असोज, झापा । इलामको सुर्योदय नगरपालिका-१ स्थित खहरे खोलाको दहमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता छन् ।

मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय पासाङ शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ । उनीसँगै खोलामा नुहाउन गएका ३७ वर्षीय सार्की शेर्पा बेपत्ता छन् ।

आइतबार अपरान्ह नुहाउन गएका उनीहरु अबेरसम्म पनि नफर्किए पछि खोजी गर्ने क्रममा १५ फिट गहिरो दहमा पासाङको शव भेटिएको थियो । बेपत्ता सार्कीको खोजी भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment