Comments Add Comment

प्रधानमन्त्री देउवाले राष्ट्रपतिलाई भेट्दै

३० असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज भेटवार्ता गर्दैछन् । अपरान्ह तीन बजे राष्ट्रपतिलाई भेट्न देउवा शितल निवास जाँदैछन् ।

भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाका साथै सरकार बिस्तारको विषयमा कुराकानी हुने बताइएको छ ।

देउवाले हालै राप्रपाका आठ जना नेताहरुलाई सरकारमा सामेल गराएका थिए । राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्यलाई कुनै पनि जिम्मेवारी तोकिएको छैन ।

अब देउवाले राप्रपाका नेताहरुलाई जिम्मेवारी तोक्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment