Comments Add Comment

विश्व क्रिकेट लिगमा अन्तिम चरणका सबै खेलहरु युएईमा हुने

३१ असोज, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौं तथा अन्तिम चरणका खेलतालिका सार्वजनिक भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ खेलतालिकामा नेपालले युएईसँग उसकै मैदानमा डिसेम्बर ६ र ८ मा दुई खेल खेल्नेछ ।

प्रतियोगिताका यी दुई खेल नेपाल र युएई दुवैका लागि प्रतिष्ठाका लागि मात्र रहनेछ । प्रतियोगिताको शीर्ष चारमा रहेर डिभिजन वानमै रहने सम्भावना युएई र नेपाल दुवैका लागि सकिसकेको छ ।

दुवै टोलीले फेब्रुअरीमा हुने डिभिजन टू मा पनि खेल्नेछन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम चरणका सबै खेलहरु दुबईमा हुनेछन् । एकै मितिमा हुने खेलहरुमा केन्या र स्कटल्याण्ड, हङकङ र पपुवा न्युगिनी तथा नेदरल्याण्ड्स र नामिवियाबीच खेल हुनेछ ।

प्रतियोगितामा नेदरल्याण्ड्स र पपुवा न्युगिनी शीर्ष चारमा रहँदै डिभिजन वानमै रहने निश्चित भइसकेको छ भने स्कटल्याण्ड, केन्या र हङकङमध्ये दुई टोलीले शीर्ष चारमा स्थान बनाउनेछन् भने एक टोली डिभिजन टूमा घटुवा हुनेछन् ।

अहिलेको अंकतालिका अनुसार नेदरल्याण्ड्सको १८, पपुवा न्यूगिनीको १६, स्कटल्याण्डको १५, हङकङको १४ र केन्याको १२ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment