Comments Add Comment

३२ जिल्लामा कांग्रेसका उम्मेदवार तोकिए, बाबुराम र पशुपतिलाई २ सीट (सूचीसहित)


४ कात्तिक, काठमाडौं ।। नेपाली कांग्रेसले प्रथम चरणमा निर्वाचन हुने ३२ जिल्लाका उम्मेदवारहरुको टुंगो लगाएको छ । उसले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपतिसमशेर राणालाई सघाउने छ भने गोरखा क्षेत्र नम्बर २ नयाँ शक्तिका डा. बाबुराम भट्टराईलाई सघाउने छ ।

एमाले र माओवादीले ३२ जिल्लाका सबै सीटहरुमा तालमेल गरेको अवस्थामा कांग्रेसले उनीहरुसँग लगभग एक्लै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । तथापि सिन्धुपाल्चोक २ मा पशुपति समशेरलाई सघाएका कारण सिन्धुपाल्चोक १ मा राप्रपाले कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई भोट हाल्नेछ ।

त्यसैगरी गोरखाको क्षेत्र नं १ मा पनि नयाँशक्ति पार्टीले कांग्रेसका चीनकाजी श्रेष्ठलाई सघाउने छ । यी बाहेक अन्यत्र भने कांग्रेस एक्लै चुनाव लड्दैछ ।

सत्तारुढ दल नेपाली कांग्रेससँग नयाँ शक्ति पार्टीले रसुवामा पनि एक सीट माग गरेको थियो । तर, त्यहाँ शनिबार अबेरसम्म कांग्रेसले आफ्नो दाबी छाडेको छैन ।

३२ जिल्लामा नेपाली कांग्रेस एवं प्रजातान्त्रिक गठबन्धनका उम्मेवारहरुको विवरण यस्तो छः

ताप्लेजुङ- केशव दाहाल
पाँचथर- भीष्मराज आङदेम्बे
संखुवासभा-दीपक खड्का
भोजपुर- उमेशजंग रायमाझी
खोटाङ- सरस्वती बजिमय
सोलुखुम्बु- बलबहादुर केसी
ओखलढुंगा- रामहरि खतिवडा
सिन्धुपाल्चोक १ – मोहनबहादुर बस्नेत
सिन्धुपाल्चोक २- पशुपतिसमशेर राणा (राप्रपा प्रजातान्त्रिक)
दोलखा- रुद्र खड्का
रामेछाप- कान्छाराम तामाङ
नुवाकोट १ – डा. रामशरण महत
नुवाकोट २- अर्जुननरसिंह केसी
रसुवा- बाँकी
धादिङ १ – विश्व अर्याल
धादिङ २- दिलमान पाख्रिन
लमजुङ- दिलबहादुर घर्ती
मनाङ- टेकबहादुर गुरुङ
मुस्ताङ-
म्याग्दी- खम्वीर गर्बुजा
गोरखा १ – चीनकाजी श्रेष्ठ
गोरखा २- बाबुराम भट्टराई (नयाँशक्ति)
बाग्लुङ १ – चम्पादेवी खड्का
बाग्लुङ २- निरज पुन
रुकुम पूर्व- गोपालजीजङ्ग शाह
रोल्पा- अमरसिंह पुन
जाजरकोट- राजीवविक्रम शाह
कालीकोट- भूपेन्द्रजंग शाही
हुम्ला- मंगल शाही
जुम्ला- देवेन्द्र शाही
मुगु- हस्तबहादुर मल्ल
डोल्पा- अंगद बूढा
रुकुम पश्चिम- वीरबहादुर ओली
बझाङ- पृथ्वीबहादुर सिंह
बाजुरा- कबिराज पण्डित
बैतडी- नरबहादुर चन्द
दार्चुला- विक्रम सिंह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment