Comments Add Comment

स्वास्थ्य सेवा बिभागका एचए १५ दिनदेखि बेपत्ता

५ कात्तिक, काठमाडौ । स्वास्थ्य सेवा विभागका एक कर्मचारी १५ दिनदेखि बेपत्ता भएका छन् ।

दोलखा जिरी स्थायी घर भई पेप्सीकोला बस्ने वर्ष ५२ को हेल्थ असिस्टेन्ट दिल बहादुर कार्की बेपत्ता भएका हुन् ।

कार्कीका भतिजा पर्ने टिकाराम खड्काका अनुसार उनले सोही दिन दिउँसो करिब २ बजे श्रीमतीलाई फोन गरी आफू गाडीमा घर आउँदै गरेको बताएका थिए ।

लगत्तै बेलुकी करिब ४ बजे उनलाई स्थानीयवासीले डेरा नजिकैको चिया पसलमा देखेका थिए ।
त्
यसयता, उनको कुनै खबर नआएको परिवारका सदस्यले जनाएका छन् । उनलाई कसैले देखेमा फोन नम्बर ९८४१४२९००८ मा खबर गरिदिन समेत परिवारल आग्रह गरेका छन् ।

प्रहरीद्धारा मोबाइल ट्रयाकका क्रममा कार्कीको अन्तिम लोकेसन समेत सोही चिया पसलमा देखिएको थियो ।

यद्यपी, उनको खोजविनमा प्रहरीले खासै चासो नदेखाएको परिवारको आरोप छ । उनी टेकुस्थित कुष्ठरोग निवारण महाशाखामा जनस्वास्थ्य निरीक्षकका रुपमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment