Comments Add Comment

सिन्धुपाल्चोकमा राणा र तामाङसँग साझा विवेकशीलका भण्डारी भिड्दै

६ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठवन्धनका पशुपति शमसेर राणा र वाम गठवन्धनका तर्फबाट शेरबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् । यही प्रतिस्पर्धामा अर्का उम्मेदवार पनि थपिएका छन्, साझा विवेकशील पार्टीका जयराम भण्डारी ।

राणा र तामाङबीच चुनावी प्रतिस्पर्धा रोमाञ्चक र कडा हुने चर्चा चलिरहेको बेला भण्डारीले चुनौती पेश गरेका हुन् । आइतबार जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा भण्डारीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

हेलम्बु गाउँपालिका किउलवेशी-२ मा व्यवसाय गरिरहेका भण्डारी एक दशक विदेशी भूमीमा श्रम गरेर फर्किएका थिए । प्रमुख भनिएका पुराना पार्टीहरुले राजनीतिलाई सुधार नगरेका कारण आफू वैकल्पिक शक्तिमा लागेको भण्डारीले बताए ।

‘पुराना पार्टीले राजनीतिलाई फोहरी र कमाइ खाने भाँडो बनाए,’ उम्मेदवार भण्डारीले भने, ‘त्यसलाई चिर्न र राजनीतिलाई सुसंस्कृत बनाउन, न्यायपूर्ण समाजका लागि मैले उम्मेदवारी दिएको हुँ ।’

उनले आर्थिक विकास, सम्मुन्नत समाज निर्माण, युवा उद्यमशिलता, न्यायपूर्ण समाज निर्माणका लागि आफूले काम गर्ने बताए ।

नेपालको आर्थिक र सामाजिक विकासमा नयाँ सोचाइ राख्ने वैकल्पिक र विवेकशील शक्तिको अभाव रहेको भन्दै भण्डारीले समुन्नत समाज निर्माणका लागि साझा विवेकशील विकल्प भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment