Comments Add Comment

सुर्खेतको सिम्ता दुर्घटनामा घाइते १ जनाको मृत्यु

८ कात्तिक, सुर्खेत । कात्तिक ३ गते जिल्लाको सिम्तामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

दुर्घटनामा घाइते भएका १९ वर्षीय फस्टराम नकालको भारतको लखनउमा उपचारकै क्रममा मृत्यु भएको हो । उनी पश्चिम रुकुमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ का स्थायीबासिन्दा थिए ।

जाजरकोटबाट सुर्खेत आउँदै गरेको मे१ख७२२ नम्बरको बस कात्तिक ३ गते सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोलामा १ सय मिटर भेरी किनारमा खसेको थियो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment