Comments Add Comment

आइओएमका बिद्यार्थीका लागि दुई तले होस्टेल बन्ने

८ कात्तिक, काठमाडौ । त्रि वि शिक्षण अस्पताल, महाराजगञ्ज, स्वतन्त्र द्यािर्थी युनियन -स्ववियू)को पहलमा आइओएममा दुई तले होस्टेल बन्न्ने भएको छ ।

करिब ३ करोड ५० लाख रुपैयाँ लागतमा पि्र-फ्याव मोडेलमा बन्ने होस्टल दुई तलाको हुनेछ भने त्यसमा ३८ कोठा हुनेछ ।

होस्टेल हाल रहेको होस्टेल वरिपरि नै निर्माण गरिने क्याम्पसका स्ववियू सभापति मिलन गैरेले जानकारी दिए ।

‘यस अघिसम्म कलेजमा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरुलाई तेश्रो वर्ष नपुग्दासम्म होस्टल पाउनै मुस्किल हुँदै आएको थियो’ , स्ववियूका सभापति मिलन गैरेले भने, ‘नयाँ बन्ने होस्टेलले चिकित्सा शिक्षाका विद्यार्थीलाई राहत प्रदान हुने आशा लिएका छौ’ ।

होस्टल निर्माणको लागि चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) ले बोलपत्र समेत आव्हान गरिसकेको उनले बताए ।

उनका अनुसार होस्टल निर्माणका लागि आवश्यक डिजाइनिङ, तयारी लगायतका आवश्यक पूर्वाधारको व्यवस्थापन सबै स्ववियूले नै गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment