Comments Add Comment

आइन्स्टाइनले कोरेका २ टुक्रा कागज २० करोडमा बिके

महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले मनका कुरा कोरेका दुइ टुक्रा कागज २० करोड रुपैयाँ भन्दा धेरै मूल्यमा बिक्रि भएका छन् ।

इजरायलको राजधानी जेरुसेलममा भएको लिलामीमा आइन्स्टाइनले कोरेका कागजका टुक्रा करोडौँमा बिकेका हुन् ।

आइन्स्टाइनले खुसी जिवनका बारेमा एक हरफ लेखेको कापीको एउटा पाना झण्डै साढे १५ करोड रुपैयाँमा बिकेको छ ।

उक्त हरफ आइन्स्टाइनले सन् १९२२ मा जापानको टोकियोमा लेखेर एक वेटरलाई टिप्सको रुपमा दिएका दिए ।

आइन्स्टाइनलाई त्यसबेला केही समय अघिमात्र उनले नोबेल पुरस्कार जितेको जानकारी प्राप्त भएको थियो । नोबेल पुरस्कार जितेको त्यो समाचार उनलाई ल्याइदिने व्यक्तिलाई उनले धन्यवादस्वरुप उपहारको रुपमा एक कागजको पानामा केही कुरा लेखेर दिए । त्यो कागजको टुक्रा दिने बेलामा उनले भनेका थिएकी त्यो टुक्रा भविष्यमा बहूमूल्य बन्न सक्छ ।

उनले कागजको पानामा लेखेका थिए की जिवनमा सफलता हात पारिसकेपछि पनि खुसी प्राप्त हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन ।

आइन्स्टाइन त्यसबेला जापानमा लेक्चर दिन गएका थिए । जब उनको कोठामा कुरियरवाला आइन्स्टाइनले नोबेल पुरस्कार पाएको सन्देश लिएर आयो तब उनीसामु खुसीको त्यो क्षणमा सन्देशबाहकलाई दिने नगद उपहार थिएन । सोही कारण उनले त्यो कुरियरवालालाई टोकियाको इम्पेरियल होटलको एक नोटकपीको पानामा केही कुरा लेखेर उपहार दिए ।

उक्त पानामा जर्मन भाषामा लेखिएको थियो: सफलता तथा त्योसँग आउने बेचैनीको साटो एक शान्त तथा विनम्र जिवनले तपाइँलाई धेरै खुसी दिनेछ ।

करीब त्यहीँ समयको एक अर्को पानामा उनले लेखेका छन् : जहाँ इच्छा, त्यहाँ उपाय । आइन्स्टाइनले लेखेको त्यो उखानवाला कागजको पाना चाहीँ ३ करोड रुपैयाँ भन्दा धेरैमा लिलाम बिक्रि भएको छ ।

लिलाम गर्ने कम्पनीले आइन्स्टाइनका ती नोटहरु अनुमान गरिएभन्दा धेरै मूल्यमा बिकेको जनाएको छ ।

आइन्स्टाइनले कोरेका पाना करोडौँमा किन्ने मानिस एकजना युरोपेली रहेको र अर्काचाहीँले आफ्नो पहिचान नखुलाएको लिलाम गर्ने कम्पनीले जनाएको छ ।

आइन्स्टाइनले कोरेको उक्त कागज लिलाम गर्ने मानिस चाहीँ आइन्स्टाइनले कागज उपहार दिएका ती कुरियरवालाका भतिज भएको बताइएको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment