Comments Add Comment

माओवादी केन्द्र झापाले भन्यो- प्रहरीको गोलीबाट जनता मारिनु निन्दनीय

१० कात्तिक, झापा । ११ वर्षीय वालक लक्ष्मण सिवाकोटीको शंकास्पद मृत्युबारे निश्पक्ष छानविन गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुमाथि गोली चलाएर दुई जनाको मृत्यु भएको घटनामा नेकपा माओवादी केन्द्र झापाले निन्दा व्यक्त गरेको छ ।

शुक्रबार साँझ बिज्ञप्ति निकालेर माओवादी झापाले मृतकका परिवार, आफन्त र स्थानीयवासीले न्यायका लागि गरेको आन्दोलनमा प्रहरीबाट दमन हुनु निन्दनीय भएको टिप्पणी गरेको हो ।

घटनाको निश्पक्ष छानविन गरी गोली चलाउन आदेश दिने र चलाउने दुवैलाई कारबाही गर्न पनि माओवादी झापाले माग गरेको छ ।

यता, प्रदर्शनकारीले इलाका प्रहरी कार्यालयमा तोडफोड तथा आगजनीको प्रयास गरेपछि बाध्य भएर गोली चलाउनुपरेको प्रहरीले प्रतिक्रिया दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment