Comments Add Comment

थापालार्इ टान सगरमाथा पत्रकारिता पुरस्कार

१२ कात्तिक, काठमाडाैं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन नेपाल (टान) ले पत्रकार भरतबन्धु थापालार्इ सम्मान गरेको छ ।

टानले अफ्नो ३९ औं साधारणसभा तथा महाधिबेशनको उद्घाटन कार्यक्रममा अनलाइनखबरकर्मी थापालार्इ २५ हजार रूपैयाँको ‘टान सगरमाथा पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको हो ।

पर्यटन क्षेत्रमा पत्रकारिता मार्फत योगदान पुर्याए वापत ‘टान सगरमाथा पत्रकारिता पुरस्कार -२०१७’ले सम्मान गरिएको टानले जनाएको छ ।

थापा सँगै पर्यटन पत्रकार रामेश्वर कार्की, कुमार चौलागाई, अर्जुन तामाङ, शिव श्रेष्ठ, प्रकाश खालिङ, खिलक बुढाथोकी, फोटो पत्रकार जनार्दन अर्याललाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment