Comments Add Comment

बर्दिवासमा प्रहरीद्वारा गाजा खेती नस्ट

१४ कात्तिक, महोत्तरी । प्रहरीले बर्दिवास नगरपालिका–५, सोनापट्टीमा स्थानीयबासीले लगाएको गाजा खेती नस्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय, बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रविण पोखरेलका अनुसार २५ घरधुरीबाट करिब ६ कठ्ठामा लगाइएको गाजा खेती नस्ट गरिएको हो ।

व्यवसायिक रुपमा गाजा खेती भैरहेको सूचनाको आधारमा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाजा खेती नस्ट गरेको थियो ।

महोत्तरी प्रहरीले केही दिन यता लागुऔसध नियन्त्रण र कारबाहीलाई प्राथमिकता दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment