Comments Add Comment

मोरङमा मनोनयन दर्ता सुरु

१६ कात्तिक, विराटनगर । प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर २१ गते हुने दास्रो चरणको निर्वाचनका लागि मोरङमा आज उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।

उम्मेदवारी दर्ताका लागि आवश्यक सबै काम पूरा भएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

मोरङका ६ बटा निर्वाचन क्षेत्रमा प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवारी दर्ताका लागि छुट्टाछुट्टै ठाउँको ब्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मोरङमा प्रतिनिधिसभाका ६ वटा र प्रदेशसभाका लागि १२ वटा क्षेत्र छन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधि सभातर्फ १ नं क्षेत्रमा बाम गठबन्धनबाट घनश्याम खचिवडा नेपाली कांग्रेसका तर्फबाट डिकबहादुर लिम्बु, २ नम्बर क्षेत्रबाट वाम गठबन्धनका तर्फ पूर्व सांसद ऋषिकेश पोखरेल नेपाली कांग्रेसका पूर्व मन्त्री डाक्टर मिनेन्द्र रिजाल आमने सामने हुनेछन् ।

त्यस्तै ३ नम्बरबाट बाम गठबन्धनका भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट सुनील शर्मा, क्षेत्र नम्बर ४ मा वाम गठबन्धनबाट माअोवादी नेता अमनलाल मोदी र कांग्रेसबाट महेश अाचार्य चुनावी  प्रतिस्पर्धामा छन् ।

५ नम्बरमा बाम गठबन्धन तर्फ बहालबाला मन्त्री शिवकुमार मण्डल र नेपाली कांग्रेसका सांसद अमृत अर्याल, संघीय समाजवादी फोरमका तर्फबाट जयराम यादव र ६ नम्बर क्षेत्रमा बाल गठबन्धनमा पूर्व मन्त्री लालबाबु पण्डित र नेपाली कांग्रेसका सांसद डा शेखर कोइरालाको प्रतिष्पर्धा हुनेछ ।

मोरङमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा ६ लाख ४४ हजार ७ सय २ जना मतदाताले भोट हाल्नेछन् । मत खसाल्नको लागि ३ सय मतदान स्थलमा ७ सय ५ मतदान केन्ऽको ब्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment