Comments Add Comment

कालीकोटमा पलाता महोत्सव, महोत्सवबाटै स्वास्थ्य सेवा

१७ कात्तिक, कालीकोट । कालीकोटमा सञ्चालन भएको पलाता बृहत साँस्कृतिक महोत्सव-२०७४ मा स्थानीयवासीलाई महोत्सवबाटै स्वास्थ्य सेवा दिइएको छ ।

स्वास्थ्य ,शिक्षा, र लोक शाहित्यलाई आधार मानेर सञ्चालन गरिएको महोत्सवमा कोहलपुर मेडिकल केलेजका चिकित्सकहरुको सहभागितामा स्थानीयको स्वास्थ्य जाँच गरिंदै छ ।

‘मीरा स्मृति कप तथा स्वास्थ्य शिविर र शहीद स्मृति कला साहित्य प्रतिष्ठान’ नाम दिएको महोत्सबमा भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको छ ।

यसैबीच महोत्सवकसो उद्घाटन गर्दै स्थानीय वासिन्दा तथा विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले पलाता क्षेत्रकै व्यक्ति मुख्यमन्त्री हुने बताएका थिए ।

प्रदेश ६ को मुख्यमन्त्रीको दावेदार रहेका शाहीले मुख्यमन्त्री बनेर समृद्ध प्रदेश बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment