Comments Add Comment

रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक


१७ कार्तिक, काठमाडौं । मलेसियास्थित रिया आइएमईले दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ कार्यक्रमअन्तर्गत दोश्रो तथा अन्तिम भाग्यशाली विजेता घोषणा गरेको छ ।

सˆटवेयरमा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका चार जना भाग्यशाली सेवाग्राहीहरु राम थापा, महेन्ऽ शाह, संजितकुमार राय र राम एक्बल महतो भाग्यशाली बिजेता घोषित भएका हुन् ।

सेवाग्राहीहरुले मलेसियाबाट रिया आइएमईमार्फत अक्टोबर महिनामा नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए ।
स्थापनाकालदेखि नै विभिन्न स्किम ल्याउँदै आएको रिया आइएमईले यसपटकको दशैं र तिहारलाई लक्षित गरि ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ नामक सेवाग्राही मूखि कार्यक्रम यही सेप्टेम्बर १ देखि अक्टुबर मसान्तसम्म -दुई महिना) संचालनमा ल्याएको छ ।

योजना अवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्की ड्र्र’ मार्फत पाँचजना भाग्यशाली विजेता घोषणा गरिन्छ । यस अघिराममणी भट्टराई पहिलो भाग्यशाली विजेता छनोट भएका थिए ।

भाग्यशाली विजेताहरुले घरयासी प्रयोजनका सामाग्रीहरु वासिङ्गमसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वभन र स्ट्याण्ड फ्यान प्राप्तगर्न सक्नेछन् । उपहार प्राप्तगर्नका लागि विजेताहरुले मलेसियास्थित रिया आइएमईमा सम्पर्क गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment